ब्रिटिश मोडल तथा बलिउड नायिका एमी ज्याक्सनको मोबाइल ह्याक भएको छ। मोबाइल ह्याक हुँदा फोनमा सेभ रहेका उनका व्यक्तिगत तस्बिर अनलाइन लिक भएको छ। चेन्नई बाट मुम्बई उड्ने लाग्दा मोबाइल पसलमा रोकिएकी उनको मोबाइल ह्याक भएको हो।
एक भारतीय अनलाइनसंग कुरा गर्दै उनले यसबारेमा आफुले थाहा पाएपछि आश्चर्यमा परेको बताएकी छिन्। उनले यो कुरा गम्भीर भएको बताउँदै यसको लागि लण्डनको साइबर क्राइम सेलमा रिपोर्ट दर्ता गराउने बताएकी छिन्।
केही दिन पहिले एमी र उनको साथी डिनर गरिरहेको तस्बिर अनलाइन सेयर भइरहेको बताइन्छ।
उनी अहिले रजनीकान्तसंग फिल्म २.० सुटिङ गर्दै छिन्। ४०० करोड भारु बजेटको यो फिल्मको ९० प्रतिशत सुटिङ सकिएको छ। फिल्ममा अक्षय कुमारले पनि अभिनय गरेका छन्।
हेर्नुस् एमीका बोल्ड फोटोसुट: