धरान/धरान–८ स्थित साप्पाङ चौकमा शुक्रबार दिउसो भएको सडक दुर्घटनामा परि एकजना गम्भिर घाईते भएका छन् ।दुर्घटनामा परी पुर्वाञ्चल इन्जिनियरीङ क्यामपसको क्यानटिनका स्टाफ बाबु मगर गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।
उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भईरहेको छ ।धरानको बरगाछिबाट इन्जिनियरीङ क्यामपस तिरै को १२ प ७५८८ नम्मरको मोटरसाइकलमा जाँदै गरेका मगरलाई धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ ख २७६१ नम्मरको बसले पछाडिबाट हानेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेकाले डिएसपी खतिवडाले जानकारी दिए ।मोटरसाईकल चालक कुशन श्रेष्ठ भने सामान्य घाईते भएको प्रतिष्ठान स्थित प्रहरी पोष्टले जानकारी दिएको छ ।दुर्घटनापछि आर्कोसित स्थानियले धरान इटहरी सडक खण्ड अबरुद्ध गरेका थिए । सडक अबरुद्ध सडक साँझबाट खुलेको डिएसपी खतिवडाले जानकारी दिए ।
इन्जिनियरीङ क्यामपस अगाडि स्पीड ब्रेकर राख्ने,क्यामपस आसपासलाई केन्द्र बनाएर प्रहरीको पिकेट टोलि राख्ने,दुर्घटना गराउने बसका चालकलाई कानुनी कारबाही गर्ने लगाएका सहमती भएपछि सडक खुलेको उनले बताए ।