धरान/पेट दुखेर आएका एक बिरामीको डाक्टरको लापरबाहीले ज्यान गएपछि मृतकका आफन्तले  धरानको विजयपुर हस्पिटल तोडफोड गरेका छन्। [caption id="attachment_30296" align="alignnone" width="900"] डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएपछि विजयपुर हस्पिटल अघि पुगेका आफन्तहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] धरान–१७ का ३१ वर्षीय अमित जोसीको मृत्यु भएपछि आफन्तहरुले हस्पिटल तोडफोड गरेका हुन् । सामान्य पेट दुखेर सोमबार बिहानको राति करिव १ बजेतिर उनी एक्लै मोटरसाइकलमा हस्पिटल आएका थिए । ‘पेट दुखो भनेर राति बाइकमा एक्लै आको ।’ विरामीका आफन्तले भने । हस्पिटलले उनलाई एपेन्डिक्स साइट भएको भन्दै आकस्मिक रुपमा सल्यक्रिया गर्नु पर्ने सुझाएपछि उनी हस्पिटलमा बसेका थिए । उनलाई साेमबार करिव ७ बजेतिर अपरेशन थिएटरमा लगिएको थियो । मंगलबार बिहानै रातिको २ बजेतिर बिरामी एक्कासी मृत्यु भएको थियो । उनलाई सर्जन डा. रोशन खतिवडाले उपचार गरेको मृतकका श्रीमती संगीता जोसीले बताइन् । उनका अनुसार पेट दुखेर आएको र एपेन्डिक्स भन्दै सल्यक्रिया गरेपछि विरामी साह्रो हुँदै गएको मुखबाट फिजहरु आउँदासमेत केही होइन भन्दै डाक्टरहरुले उत्तर दिएको थियो । उनले डाक्टरको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरिन् । यता डा. खतिवडाले भने बिरामीको अवस्था सबै ठिकै रहेको र, उपचारपछि एस्पिरेशन (फोक्सोमा खाना वा पानी गएर बस्नु) भएको कारणले मृत्यु भएको दाबी गरे । त्यस्तै एनेस्थेसियाका डा. ललितकुमार राजवंशीले पनि सबै कुरा नर्मल नै भएको तर, एक्कासी विरामीलाई एस्पिरेशनको समस्याले मृत्यु भएको बताए । विरामीको मृत्यु भए नभएको जानकारी गराउनु पूर्व नै अस्पताल प्रशासनले भने प्रहरीलाई बोलाएर सुरक्षा प्रदान गरेको थियो । जसका कारण विरामीका आफन्त र स्थानीयबासी आक्रोसित बनेका थिए । रेल्वेका समाजसेवी मनोज भट्टराईले विरामी के भएको जानकारी दिनुको सट्टा प्रशासनले प्रहरी बोलाउनुलाई विरामीका आफन्तले के भनेर बुझ्ने भन्दै आक्रोस पोखे । यस विषयमा अस्पताल प्रशासनका प्रमुख पंकज खतिवडाले अवस्था केही गम्भिर हुने देखिएपछि प्रहरी प्रशासन बोलाउनु परेको बताए । यस अघि पनि धरानकै एकजनाको किड्नी सल्यक्रियाका क्रममा आन्द्रा काटिएको थियो । उक्त घटनालाई अस्पताल प्रशासनले विरामीका आफन्तलाई दवाव दिँदै गुपचुप पारिएको थियो ।