काठमाडौँ/ राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी दिनमा सरकारले महिला शिक्षामा विशेष जोड दिनुपर्ने बताए । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३७औँ वार्षिकोत्सवका अवसरमा उनले समान अवसरका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताए ।

क्याम्पस प्रमुख अपराजित अर्यालले ३७ वर्षदेखि क्याम्पसको आफ्नो भवन नहुँदा आशानुरुप प्रगति गर्न नसकेकाले सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह गरे ।

प्रा हरिहर घिमिरेले समान अवसरका लागि वा आफ्नो अधिकार सुनिश्चित गर्नका लागि महिला सशक्त रुपमा आफैँ लागि पर्नुपर्ने औँल्याए । सो अवसरमा यसै वर्ष विद्यावारिधि गरेका सोही क्याम्पसका प्रा डा रशराज अधिकारी, प्रा डा इन्द्रबहादुर थापा, प्रा डा प्रदीप पराजुली र प्रा डा सुरेन्द्र मिश्रलाई सम्मानसमेत गरिएको थियो ।