काठमाडौं/ स्मार्टफोन त हामीमध्ये धेरैले चलाउँछौं तर यसका गोप्य फीचर र शर्टकटका बारेमा चाहिँ थाहा नपाएका हुन सक्छौं । यी कुरा थाहा पाउनुभयो भने तपाईंले स्मार्टफोनबाट धेरै फाइदा लिन सक्नुहुन्छ ।
१ कागजातलाई डिजिटल बनाउन
स्मार्टफोनको गुणस्तर बढ्दै गएकाले तपाईंले अब स्क्यानर प्रयोग नगरे पनि काम चल्छ । एभरनोट, गूगल ड्राइभ र क्यामस्क्यानर जस्ता एप्सले स्क्यानरको काम गरिदिन्छन् ।
२ एक छिनमा गीत पत्ता लगाउन
शजम र साउन्डहाउन्ड नामक एप्सले तपाईं कुन गीत सुनिरहनुभएको छ पत्ता लगाइदिन्छन् । अहिले त गूगल न्युज, सिरी र कोर्टानाले आवाजको भरमै यो गीत कुन हो भनेर सोध्दा बताइदिन्छन् ।
३ कन्ट्याक्ट लिस्टलाई लकस्क्रीनमा राख्ने
अर्काले तपाईंको फोन पत्ता लगायो भने कसरी फिर्ता दिन्छ त रु आफ्ना सबै डिटेल लकस्क्रीनमा राख्नुस् । एन्ड्रोइडमा यो सेटिङ अप्सनमा हुन्छ ।
४ आवाजले नै वाइफाइ अफ गर्नुस्
सिरी, गूगल नाउ र कोर्टानाले आवाज सुनेकै भरमा वाइफाइ अफ गरिदिन्छन् । टर्न अफ वाइफाइ भनिदिनुस् अनि मनमुताबिकको परिणाम पाउनुस् । यो ब्लुटूथमा पनि काम लाग्छ ।
५ छिटो चार्ज गर्नलाई एयरप्लेन मोडमा राख्ने
कहिलेकाहीँ हतारमा हुँदा फोन छिटो चार्ज होस् भन्ने चाहनुभयो भने एयरप्लेन मोडमा राख्नुस् । यसले ब्याट्री कम खपत हुन्छ र छिटो चार्ज गर्न सकिन्छ ।