काठमाडौं/ धनीदेखि गरीबसम्म सबैले आजकल जीन्स पाइन्ट लगाउन रुचि देखाउने गरेका छन् । हेर्दा आकर्षक र आरामदेही पनि हुनाले जीन्सलाई धेरैले मन पराएका हुन् ।

तर कुनै कुनै ब्रान्डका जीन्स पाइन्टहरू एकदमै महंगा हुन्छन् । किन भए त यिनीहरू यति महंगा ?

सेभेन फर अल म्यानकाइन्ड ब्रान्डको जीन्सलाई ३२ हजार रुपैयाँ पर्छ । यो ब्रान्डले पर्फेक्ट फिटनेसको ग्यारेन्टी दिन्छ । ग्रे र इन्डिगो कलरमा यो पाइन्छ ।

अर्नेस्ट स्युन ब्रान्डको जीन्सलाई एक लाख रुपैयाँ पर्छ । यसको विशेषता भनेको तपाईंले आफूले चाहेको साइज बनाउन सक्नुहुन्छ अनि डिजाइन पनि थप्न सक्नुहुन्छ ।

रोबर्टो कभाली ब्रान्डको जीन्स महिलाहरूमा फेमस छ । यसका हीरामोतीहरू सजाइएकाले पनि यो महंगो छ । मूल्य हो एक लाख २० हजार ।

डोल्स एन्ड गब्बाना ब्रान्डको जीन्सलाई पनि एक लाख २० हजार रुपैयाँ पर्छ । यो जीन्स बनाउन फेड डेनिम प्रयोग गरिन्छ । यसको ब्याक पकेटमा गोल्डको कम्पनी प्याच लगाइएको हुन्छ ।

गुच्ची ब्रान्डको जीन्सलाई तीन लाख बीस हजार रुपैयाँ पर्छ । हलिउड र बलिउडका कलाकारले यही इटालियन ब्रान्डको जीन्स लगाउँछन् ।

आल्फा फी ओमेगा ब्रान्डको जीन्सलाई चार लाखभन्दा बढी पर्छ । यसमा चाँदी, सुन, हीरा र प्लाटिनमका बटन हुने भएकाले यो यति महंगो पर्न गएको हो ।