इटहरी / सरकारले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । मुलुकमा स्थायी सरकार हुँदा उद्योग व्यवासाय सञ्चालनमा सहजता हुने भन्दै उनीहरु निर्वाचनले नेपाली अर्थ तन्त्रमा सकारात्मक प्रभाव पार्ने भन्दै उत्साहित भएका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहित प्रसाईले निर्वाचन घोषणाले उद्योग व्यापारीहरुलाई निकै आशा पलाएको बताए । ‘ यो व्यापारीहरुले खाजेकै कुरा हो ।’ उनले भने ‘ स्थानीय निकायमा जनप्रतिनिधी नहुँदा विकास निर्माणका कुरा ठप्प भएका छन् भने नेपाली अर्थ तन्त्रमानै तरलता आएको छ ।’ निर्वाचन पछि आर्थिक परिस्थित निकै सहज बन्ने आशा गर्दै उनले आजको अवस्थामा निर्वाचनको विकल्प नभएको बताए । सबैलाई समेटेर निर्वाचन मार्फत मुलुकलाई अघि बढाउनु पर्ने उनको सुझाव थियो । विर्नाचन घोषणाले पलायन हुने अवस्थमा हरेका उद्योग कलकारखानालाई केही सहजताको आशा पलाएको उनी उनले बताए । यसै गरी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत पनि निर्वाचनको मिति घोषणा पछि उत्साहित रहेछन् । यदि मुलुकका विभिन्न शहरलाई मास्टर प्लानसहित अघि बढाउने हो भने स्थानीय निकायको निर्वाचन जरुरी भएको उनले बाए । राजनीतिक स्थायित्व भए पछि विकास हुन्छ भने सँगै उद्योग व्यवसाय फस्टाएर जाने भन्दै उनले कुनै पनि हालतमा निर्वाचन गराउनु पर्नेमा जोड दिए । ‘स्थानीय निकाय कर्मचारीले चलाउनु र जनप्रतिनिधीले जनाउनुमा अन्तर भै इ हाल्छ ।’ उनले ब्लाष्टसँग कुरा गर्दै भने ‘आवश्यक्ता अनुसार कृषी बजार, व्यवस्थित बजार बनाउन पनि स्थानीय निकायमा जनप्रतिनीधी जरुरी छ ।’ यता, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल अध्यक्ष टंक दुलालले सरकारले चायो भन तोकिएकै मितिमा निर्वाचन गराउन सक्ने बताए । ‘अब मुलुकमा स्थिरता जरुरी छ ।’ उनले ब्लाष्टसँग कुरा गर्दै भने ‘निर्वाचनको मिति घोषणा पछि हामी उद्योगी व्यवसायीहरु निकै उत्साहित भएका छौं, प्रक्रियामा विमती राख्ने समुहलाई पनि समेटेर सँगै लान जरुरी छ ।’ मुलुकमा स्थायित्व नहुँदा विकासका विभिन्न नारा र घोषणा गरिए पनि कार्यान्वयन हुन नसकेको भन्दै बन्द हड्तालको अन्त्य हुनु पर्नेमा पनि जोड दिए । यता, पूर्वकै सफल व्यापारी गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले पनि तोकिएकै मितिमा सहमति गराएर स्थानीय निकायको निर्वाचन गराउनु पर्नेमा जोड दिए । ‘निर्वाचन भएन भने मुलुकनै ‘सिस्टम’बाट बाहिर जान्छ ।’ उनले थपे ‘देश र समाजनै ‘सिस्टम’मा आए पछि समग्र व्यवसायी मात्रै होइन आम नेपालीलाई हित हुनेछ ।’ सरकारले निर्वाचनको मिति तोके पछि इटहरीका साना ठूला कारोबार गर्ने व्यापारीहरु पनि उत्साहित भएका छन् । आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनबाट ३६ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई माघ अन्तिम साता बुझाएको प्रतिवेदनलाई आधार मान्दा ३४ हजार भन्दा बढी प्रतिनीधि चुनिन्छन् । तर सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थपेर ल्याउन आयोगलाई निर्देशन दिईसकेको छ । आयोगले अहिलेको प्रतिवेदनमा मुलुकभरका ७१९ स्थानीय तहमा ६ हजार पाँच सय ५३ वडा रहने जनाएको छ । यता मधेशी मोर्चाले भने निर्वाचन घोषणा पछि आन्दोलनको तयारी गरे पछि व्यापारीहरुमा केही नैरास्यता पनि पाइन्छ । उनीहरु दलहरुले वार्ता र छलफलबाट नमिलेका विषयमा मिलाएर एकैसाथ निर्वाचन होस् भन्ने चाहनामा उद्योगी व्यवसायी रहेका छन् ।