हामीमध्ये धेरैले आफूसँग इयरफोन नभएकाे बेला अरुको सापटी लिने गर्दछौं तर यस्तो बानी छ भने सावधान हुनुहोस् ।

एक नयाँ अनुसन्धान अनुसार आफ्नो इयर प्लग वा इयरफोन अरु व्यक्तिसँग बाँड्दा स्वास्थ्यसम्बन्धि विभिन्न समस्या निम्तिने गर्दछ ।

हुनसक्छ ‘फंगल इन्फेक्सन’ ः

के तपाईंको कानमा कहिले पीडा भएको छ । यदि छ भने कानको समस्या कति पीडादायी हुन्छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ ।एक अनुसन्धानका अनुसार कान दुख्ने समस्याबाट पीडित करिब ७ प्रतिशत मानिसहरुलाई कानमा फंगल इन्फेक्सनका कारण यस्तो समस्या हुने गर्दछ । यस्तो अवस्थामा, यदि तपाईं कानको रोगीले लगाएको एयरफोन प्रयोग गर्नुहुन्छ भने उक्त रोग तपाईंलाई लाग्न कुनै बेर लाग्दैन ।

इन्फ्लुन्जाः

यदि कुनै व्यक्तिलाई इन्फ्लुन्जा भएको छ भने उक्त व्यक्तिको कानमा पनि संक्रमण हुने पूरा सम्भावना रहेको हुन्छ । यस्तोमा यदि इन्फ्लुन्जाबाट पीडित कुनै व्यक्तिले तपाईंको इयरफोन प्रयोग गरेको छ भने यो संक्रमण तपाईंलाई पनि पीडित बनाउने छ ।

फैलन्छ किटाणुः

यदि तपाईंलाई माथि दिइएका सबै कुरा मनगढन्ते लागिरहेको छ भने यति बुझ्नुहोस् कि यदि इयरफोन सेयर गर्नु गलत होइन भने यो सही पनि होइन । सोच्नुहोस्, के तपाईं आफ्नो टुथब्रस कसैसँग सेयर गर्नुहुन्छ रु कसैले लगाएको पसिनाले भरिएको मोजा लगाउनुहुन्छ । सायद यसमा तपाईंले ‘गर्दिनँ’ नै भन्नुहुन्छ होला । यस्ता सामग्रीहरु सेयर गर्दा किटाणु फैलन्छ भने यो कुरा इयरफोनमा पनि लागु हुन्छ ।