सुनसरीकाे बबियामा झडप, करिब ६ जना स्थानीय घाइते
इनरूवा । सुनसरीको बबिया खोलामा दाह संस्कार स्थलको विवाद चुलिदै गएपछि स्थानीय दुई समुहबीच झडप भएको छ । झडपमा परी करिब ६ जना स्थानीय घाइते भएको खबर भर्खरै मात्र प्राप्त भएको छ । घटनाकाे विश्तृत विवरण भने अाउन बाँकी नै छ ।
घाइतेको उपचार विराटनगर स्थित नोबेल हस्पिटल तथा इनरुवा स्थित जिल्ला अस्पतालमा भइरहेको एक स्थानीयवासिन्दाले जानकारी गराएका छन् ।
सुनसरीका एस.पी. पाेषराज पाेख्ररेलले झडपकाे पुष्टि गर्दै घटनास्थलमा प्रहरी परिचालन गरिएकाे र स्थिती प्रहरीकाे नियन्त्रणमा अाएकाे जानकारी दिएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































