संसारको लगभग सबै देशमा अन्धविश्वास कायम छ । अमेरिकाजस्तो विकसित देशमा प्रचलित लकी चार्म वा १३ अंकको विषयमा डर पनि अन्धविश्वासको एक रुप हो । तर निकै सारै देशमा अन्धविश्वास निकै भयावह रुपमा फैलिएको छ । जसका कारण हरेक वर्ष हज्जारौं मानिसले आफ्नो ज्यान गुमाउनु पर्छ वा शारिरिक–मानसिक रुपमा तड्पिनु पर्दछ । अफ्रिकी देश कंगोमा यदि कुनै बच्चालाई लालन पालन गर्नु छैन भने उक्त बच्चालाई ‘डायन वा काला जादू’ गर्ने बताउँदै घरबाट निकालिन्छ । मानिसहरु धेरैजसो सौतेनी बच्चामाथि यस्तो क्रुर व्यवहार गर्दछन् । मानिसहरु एक–अर्काको बच्चामाथि दुश्मनीका कारण पनि यस्तो दोष लगाउने गर्दछन् । यदि वरिपरिका मानिसहरुले कुनै बच्चालाई ‘बोक्सी’ को आरोप लगाए ती बच्चाको अभिभावकले कुनै पुजारीसँग शुद्धि गराउनुपर्छ । यो क्रममा बच्चालाई निकै यातना दिइन्छ । युगान्डामा बच्चाको बलीः आधुनिक युगान्डामा पनि टुना–मुनाको मानिसहरुले निकै विश्वास गर्ने गर्दछन् । यो देशमा डाक्टर अर्थात् ओझा हुन्छन् जसले विभिन्न प्रकारको समस्याको समाधान गर्ने दाबी गर्दछन् । यसका लागि उनीहरु बच्चाहरुको बली चढाउन पनि पछि पर्दैनन् । युगान्डाको सरकारी दस्तावेज अनुसार हरेक वर्ष १५ देखि २० बच्चाको नाम टुना–मुनाका शिकारीको रुपमा दर्ता हुन्छ । यो त सरकारी आँकडा हो, यो कामका लागि अपहरण गरेर मारिने बच्चाको वास्तविक संख्या थुप्रै गुणा बढि हुनसक्छ । यस्ता ओझाहरु बच्चाको अंग निकालेर त्यसको पनि विभिन्न प्रयोग गर्ने गर्दछन् । यहाँसम्म कि खानेसमेत गर्दछन् । क्यामरुनमा टुना–मुनाको बर्चस्वः क्यामरुनमा इस्लामिक आतंककारी संगठन बोको हरामको असर बढिरहेको छ । पछिल्लो वर्ष त्यहाँका राष्ट्रपति पल बियाले मानिसहरुलाई बोको हरामबाट लड्नका लागि आग्रह गरेका छन् । यसका लागि टुना–मुनाको तरिका पनि सुझाइयो । अचम्मको कुरा के छ भने क्यामरुनमा टुना–मुनासँग जोडिएका गतिविधिमाथि सरकारी प्रतिबन्ध छ । यति हुँदा हुँदै पनि त्यहाँ तान्त्रिकहरुको बर्चस्व छ जसले समृद्धिको दाबी गरी मानिसहरुलाई आकर्षित गर्दछन् । रोमानियाकी धनी ‘बोक्सी’स् रोमानियको एक ठूलो जनसंख्या टुना–मुनाको सहारा लिने गर्दछन् । यहाँ ‘बोक्सी’ हरुलाई उच्च सम्मान दिइएको हुन्छ । मानिसहरु उनीहरुसँग आफ्नो भाग्य सुधार्न र कसैसँग बदला लिनका लागि बोक्सीको सहारा लिन्छन् र मनग्गे पैसा पनि दिन्छन् । रोमानियामा यो व्यवसाय पूर्ण रुपमा वैधानिक छ र यसबाट हुने कमाईको सरकारलाई कर पनि दिने गर्दछन् । केहि समय अघि सरकारले उनीहरुमाथि करको दर पनि बढाएको छ । पपुआ न्यू गिनीमा बोक्सी भनेर मार्नु वैधानिकः पपुआ न्यू गिनीमा जोसुकैलाई पनि डायन वा बोक्सी भनेर हत्या गर्नु वैधानिक थियो । मानिसहरु आफ्नो ज्यान बचाउने नाममा जोसुकैको पनि हत्या गर्न थालेका थिए । संसारका अन्य देशको दबाबका कारण अब यो अपराधको रुपमा घोषित भएको छ तर मानिसहरुको मानसिकता परिवर्तन भएको छैन । त्यहाँ बुढेसकालमा हुने मृत्यु बाहेक धेरैजसोको मृत्यु टुना–मुनाका कारण हुने बताइने गरेको छ । जब कुनै घरमा बच्चा वा जवानको मृत्यु हुन्छ तब त्यहाँका मानिसहरुले ‘ग्लास मेरी’लाई बोलाउने गरिन्छ । उनले नै मृत्युको कारण र दोषीबारे जानकारी दिँदै जादू–टुनामाथि दोष दिने गर्दछन् । दोषमा पर्ने धेरैजसो असाहय महिला नै पर्ने गर्दछन् । त्यसपछि भीडले उनको कपडा च्यातेर उनलाई नराम्रोसँग पिट्न सुरु गर्छन् । थुप्रै घटनामा ती महिलालाई जिउँदै जलाइन्छ । कोलम्बियामा रुपमा परिवर्तन गर्ने ‘बोक्सी’स् कोलम्बियामा उल्टो कट्टु लगाएर सुत्दा नराम्रो शक्ति टाढा हुने मान्यता राखिन्छ । त्यहाँ ‘बोक्सी र किच्कन्नी’ रुप परिवर्तन गरेर टर्की ९एक पंक्षी० बनेर घुम्ने गर्दछन् । त्यहाँ पनि टुना–मुनाको नाममा प्रताडित हुने मानिसहरुमा धेरैजसो महिला नै हुने गर्दछन् । उनीहरुले कुटपिटका साथै यौन हिंसा, बलात्कारको प्रयास पनि सामना गर्नुपर्छ । जाम्बियामा ‘बोक्सी’हरुको अड्डाः जाम्बियाका राष्ट्रपति नै भूतप्रेत, पिसाच, धामी झाँक्री, टुना–मुनामा विश्वास गर्ने बताइन्छ । केही वर्ष पहिले खबर आएको थियो कि राष्ट्रपति पनि बोक्सीको खोजीमा समावेश थिए । त्यहाँ गाउँका मानिसहरुले सामूहिक रुपमा टुना–मुना गर्ने मानिसहरुको खोजीको अभियान चलाएको जसमा राष्ट्रपतिको फार्म हाउसमा पनि खोजबिन गरिएको बताइएको छ । उनीहरु बोक्सीको अड्डा खोजिरहेका थिए । जाम्बियामा किच्कन्नीको सामना गर्नका लागि पपुआ न्यू गिनीबाट तान्त्रिक बोलाइएको पनि बताइएको छ । तान्जानियामा सेतो छाला हुनेलाई घृणाः तान्जानियामा अल्बिनो अर्थात् सेतो छाला भएका व्यक्तिलाई भूत मानिन्छ । यस्ता मानिसहरुलाई अपहरण गरेर उनीहरुलाई नराम्रोसँग पिटिन्छ र हत्यासमेत गरिन्छ । तान्जानियामा भूत–प्रेत, टुना–मुना, बली आदिमा गहिरो विश्वास राखिन्छ । इरानमा पनि भूत–प्रेतमा विश्वासः इरानमा पनि भूत प्रेसमा निकै विश्वास राखिन्छ । यहाँसम्म कि पछिल्लो वर्ष राष्ट्रपति अहमदीनेजादका थुप्रै प्रशंसकहरुलाई टुना–मुनासँग सम्बन्धित विभिन्न गतिविधिमा पक्राउ गरिएको थियो । त्यहाँ विरोधीहरुलाई परास्त गर्नका लागि झार फुक गर्ने सेवा पनि लिइन्छ । भारतमा अघोरीहरुको शवको साधनाः शहरीकरण र विकासका हुँदा हुँदै पनि ग्रामिण इलाकामा अहिले पनि टुना–मुना, बोक्सी, बली, तन्त्रमन्त्रमाथि आँखा चिम्लिएर विश्वास गर्दछन् मानिसहरु । यसले सबैभन्दा धेरै निरपधार महिला र बालबालिकालाई समस्यामा पारेको छ । महिलालाई बोक्सी भनेर कुटपिट गर्नु र बलात्कारसमेत गर्नु निकै साधारण हो । यी सबै कुरा कानूनी रुपमा प्रतिबन्ध छ र यस्तो गर्दा सजायँको प्रावधान पनि । यति हुँदा हुँदै पनि यस्तो प्रकारको घटना हुने गर्दछ । भारतमा अघोरीद्पार शव खाने र श्मशानमा तन्त्र साधना गर्ने पनि प्रचलनमा रहेको छ ।