मुम्बई/ मुकेश भट्टको चलचित्र आशिकीले बक्स अफिसमा इतिहास रचेको थियो । लगभग २० वर्षपछि यो फिल्मको दोश्रो भाग पनि बन्यो । जुन फिल्ममा श्रद्धा कपुरको अभिनय देख्न पाइन्थ्यो ।
मोहित सूरीले निर्देशन गरेको यो चलचित्रले श्रद्धा कपुरलाई पनि नयाँ उचाइमा पुर्याएको थियो । पहिलो आशिकीको निर्देशन महेश भट्टले गरेका थिए । जसमा राहुल राय र अनु अग्रवाल थिए ।
अब भने मुकेश भट्ट आफ्नो सफल फिल्मको तेस्रो भाग बनाउने तरखरमा छन् । जुन फिल्ममा सिद्धार्थ मल्होत्रा र आलिया भट्ट मुख्य भूमिकामा हुनेछन् । आलिया भट्टले आफ्ना अंकलसँग काम गर्न लागेको भने यो पहिलो हो ।
अहिले यस चलचित्रका गीत, संगीतमा ध्यान दिइएको छ । पहिलो फिल्मको तुलनामा दोस्रो फिल्म कमजोर भनिएको थियो ।
चलचित्रको सिक्वेलका लागि यो जोडीको नाम पहिले पनि चर्चामा थियो तर अभिनय गर्ने कि नगर्ने भन्ने पक्का थिएन । यो जोडीले चलचित्र स्टुडेन्ट अफ द इयरमा पनि सँगै काम गरिसकेको छ ।