कामको मूल्यांकन नहुँदा
हामीले अत्यन्त मेहनत र दुस्ख गरेर काम गरेका हुन्छौं तर त्यही कामलाई एप्रिसियट गरिँदैन । क्षणभरमै ‘कस्तो झुर काम गरेको’ जस्ता सस्ता प्रतिक्रिया दिइन्छ । त्यस्तो कुरा सुन्दा मलाई निकै रिस उठ्छ ।
सडक मर्मत नगर्ने सरकारसँग काठमाडौंका सडकको अवस्था देख्नेबित्तिकै रिस उठ्छ । एकातिर ट्राफिक जामको समस्या छँदै थियो, अहिले जताजतै सडक खनेर झनै बेहाल बनाइएको छ । सडकको अवस्थाकै कारण कुनै पनि ठाउँमा तोकिएको समयमा पुग्न सकिँदैन । समयमै सडक मर्मत नगर्ने सरकारसँग दिनरात रिस उठिरहन्छ ।
फोन गरिरहनेहरूसँग हामी प्रशंसकहरूलाई माया गर्छौं । उहाँहरूकै कारण हामी कलाकार भएका हौं । यसो भन्दैमा बिहानैदेखि राति अबेरसम्म फोन गरेर हैरान बनाउने केही प्रशंसकसँग म रिसाएको छु ।
एनसेलसँग म आफैं एनसेल प्रयोगकर्ता हुँ तर यसले बेला–बेलामा ग्राहकलाई झुक्याएको देख्दा रिस उठ्छ । पछिल्लो समय एनसेलमा फेसबुक निस्शुल्क भन्ने अफर देखेर थप रिस उठेको छ । फेसबुक निस्शुल्क तर तस्बिर हेर्न र लाइक गर्न नमिल्ने रे । यस्तो पनि अफर हुन्छ रु
वितरक र निर्मातासँग राम्रा–राम्रा चलचित्रलाई एउटै मितिमा जुधाएर प्रतिस्पर्धा गर्ने चलचित्र निर्माता तथा वितरकहरूसँग रिस उठ्छ । फलानोको भन्दा मेरो चलचित्र के कम छ र रु भन्ने सोच्दै एउटै मितिमा तीन–चारवटा चलचित्र प्रदर्शन हुँदा कसैलाई पनि फाइदा हुँदैन भन्ने कुरा नसोच्नेहरूसँग रिस उठ्नु स्वभाविक हो ।
खुट्टा तान्नेहरूसँग हाम्रो क्षेत्रमा कोही माथि जान खोज्यो भने खुट्टा तानेर भुइँमा पछार्ने चलन छ । कसैको प्रगति देख्न नसक्ने हाम्रो क्षेत्रका त्यस्ता व्यक्ति देख्दा मलाइ रिस उठ्छ ।
ठूलो भइस् भन्नेहरूसँग हो, कुनै बेला म अभिनय क्षेत्रमा नयाँ थिएँ । त्यतिबेला म प्रायस् फुर्सदमा हुन्थें । दर्शकहरूको मायाले अहिले म व्यस्त हुन थालेको छु । पहिलेको जस्तो फेसबुक र फोनमा घन्टौं अल्झिन भ्याउँदिन । मेरो यो व्यस्तता नबुझि ‘तँ त ठूलो भइस्, हामीलाई समय नै दिँदैनस्’ भन्नेहरूसँग पनि मलाई रिस उठ्छ।