विजयपुर । ३०औँ विश्व अण्डा दिवसको अवसरमा धरान–११ स्थित अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार कार्यक्रम संयोजक सञ्जुहाङ सावाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागु, वडा सदस्यहरू रविन गुरुङ र संगीता लोहनी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयबासीको उपस्थिति थियो ।

नेपाल लेयर्स कुखुरापालक संघ, सुनसरी–मोरङ कार्यसमितिको आयोजना तथा विद्यालयको समन्वयमा भएको कार्यक्रममा अण्डाको पोषण, स्वास्थ्यमा यसको महत्त्व तथा सेवनबाट हुने फाइदाबारे जानकारी दिइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रिकेस विश्वकर्माले जानकारी दिए ।