विजयपुर । ३०औँ विश्व अण्डा दिवसको अवसरमा धरान–११ स्थित अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिकेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागु, वडा सदस्यहरू रविन गुरुङ र संगीता लोहनी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयबासीको उपस्थिति थियो ।

नेपाल लेयर्स कुखुरापालक संघ, सुनसरी–मोरङ कार्यसमितिको आयोजना तथा विद्यालयको समन्वयमा भएको कार्यक्रममा अण्डाको पोषण, स्वास्थ्यमा यसको महत्त्व तथा सेवनबाट हुने फाइदाबारे जानकारी दिइएको थियो ।