कपिल शर्मा आइतबार ‘कफी विद करण’ मा पाहुनाको रुपमा आएका छन् । विभिन्न चर्चित सेलिब्रिटीलाई आफ्नो कार्यक्रममा बोलाएर उनीहरुलाई भिन्न प्रश्न सोधी पर्दामा देखिने अनुहारको भित्री अनुहार देखाउन खोज्नु करणको कार्यक्रमको विशेषता हो ।

हास्यकलाकारको रुपमा आफूलाई स्थापित गर्न सफल कपिल शर्मालाई पर्दामा त सबैले चिन्छन् तर उनको नीजि जीवनबारे निकै थोरैलाई मात्र थाहा छ । उनको नीजि जीवन खोतल्ने क्रममा करणले उनलाई सेक्ससम्बन्धि प्रश्न तेर्साए ।

करणले कपिललाई अत्यन्तै नीजि प्रश्न सोध्दा कपिलको बोली एकछिनको लागि बन्द भएको थियो । उनी अवाक रहे । कपिलले आफ्नो जीवनमा धेरै गर्लफ्रेन्ड्स भएको र वर्षमा थुप्रै सँग प्रेम हुने तर कुनै विशेष व्यक्ति नभएको बताएपछि करनले सेक्सका लागि के गर्छौ त भन्ने प्रश्न सोध्दा उनले सुरुमा केही भन्नै सकेनन् । निकै बेर चुप लागेपछि उनले कपिललाई प्रतिप्रश्न गरे, ‘यो कफी विद करण हो कि केही भिन्न विद करण हो ।’

यद्यपी, करणले आफ्नो जीवनका विभिन्न पाटोको रहस्योद्घाटन भने गरेका छन् ।

जब शाहरुखको पार्टीमा नबोलाइकनै पुगे कपिल शर्मा कहिले विवाह गर्दैछन् कपिल ?

करणले जब कपिललाई उनी कहिले विवाह गर्दैछन् भन्ने प्रश्न सोधे, जवाफमा उनले भने, ‘मेरी आमाको भनेजस्तो हुने हो भने भोली नै हुन्छ विवाह ।’ यद्यपी, कपिललाई मान्ने हो भने उनको विवाह गर्ने कुनै योजना छैन । उनी अहिले काम गर्न चाहन्छन् । कहिलेकाँही विवाह गर्नुपर्छ भन्ने सोच भएपनि कहिले काँही विवाह नगरेपनि हुने सोच आउने उनले बताए