बलिउड अभिनेता संजय दत्तको वायोपिकका लागि रणवीर कपुरले कडा मेहेनत गरिरहेका छन्। फिल्मका लागि १३ केजी मोटाएका रणवीर साता दिनका लागि जेल बस्ने भएका छन्।
आफूले निर्वाह गरेको भूमिकामा थप स्वभाविक देखिन् उनले यस्तो निर्णय लिएका हुन्। जेल बसाइका लागि रणविर बुधबार भोपालको सिटी जेल पुगेका छन्। त्यहाँ उनले जेल जीवनलाइ प्रत्यक्ष अनुभव गर्नेछन्।
अवैध हतियार राखेको अभियोगमा संजय दत्त पाँच वर्ष जेल बसेका थिए।
त्यसैगरी फिल्ममा संजयका बाबु सुनिल दत्तको भूमिकामा परेश रावल देखिने सार्वजनिक भएको छ। फिल्ममा सोनम कपुर सजंयको पहिलो प्रेमिकाको भूमिका हुनेछिन्।
जनवरीबाट फिल्मको सुटिङ भइरहेको छ।