विजयपुर /भारतीय हस्तक्षेपको बिरोध गर्दै नेपाल कम्युनिष्ट पार्टि (विप्लप)ले आज शनिबार आह्वान गरेको नेपाल बन्दका कारण आजपनि पुर्वको जनजिबन कष्टकर भएको छ । हिजो सप्तरी घटनाको बिरोध गर्दै संघिय गठबन्धनलेपनि बन्द आह्वान गरेको थियो ।

लगातार भएको बन्दले जनजीबन असामान्य बन्दै गएको । शनिबार नेपाल कम्युनिष्ट पार्टि(बिप्लप)ले कन्चनपुरमा भारतीय सिमा सुरक्षा बलले गालीहानी नेपालीलाई मारेको बिषयमा बिरोध गर्देै बन्द आह्वान गरेको हो ।

बन्दका कारण पुर्वका अधिकाशं शहरहरु बन्द भएका छन् । छिटफ्ट रुपमा साना सवारी साधन चलेपनि यात्रुबहाक सवारी साधनहरु सडकमा देखिएका छैनन ।

बन्दका कारण लोकसेवा आयोगले आज लिन लागेको नायब सुब्बाको प्रथम पत्रको परिक्षामा सहभागिहरुले पनि सास्ती खेप्नु् परेको छ । नायब सुब्बाको परिक्षा धनकुटा,बिराटनगर इलाममा हुदै छ ।