धरान/गायक एवम् संगीतकार राइमन राईको सोलो एल्बम ‘मनन्’ बजारमा आएको छ । [caption id="attachment_33741" align="alignleft" width="300"] तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] ढेडदशक सांगीतिककासमा बिताएका राईको पहिलो पटक सोलो एल्बम बजारमा आएको हो । एल्बममा ६ वटा गीत समावेश छन् । जसमध्ये पहिलो गीत माया तिमीको म्युजिक भिडियो निर्माण भइसकेको गायक राईले बताए । यस अघि दुईवटा मिक्स एल्बम बजारमा आएको थियो । एल्बमको नेपाल संगीत प्रज्ञा परिषद्का सदस्य राम धामीले लोकापर्ण गरे । माया तिमी, कति टिप्छौ, ध्वजेको शीर, म त तिमीस“ग, सागर बीच र आ“खामा बोलका गीतहरु समावेश छन् । विरेन्द्र राई, पत्रकार राजेश विद्रोही, कमानसिंह राई र राजेश दावाछाको शब्द रहेको एल्बममा गायक स्वयमको पनि शब्द संगीत रहेको छ । भोजपुर सेवा समाज सुनसरीले यलम्बर स्मृति संग्राहालय धरानमा एल्बमको विमोचन गर्ने वातावरण तयार पारेको थियो । समाजका अध्यक्ष नन्दप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गीतकार एवम् पत्रकार राजेश विद्रोही, गायिका हर्षु राई, नेपाल मगर संघ नगरका अध्यक्ष चित्रराज थापा मगरलगायतको उपस्थिति थियो ।