काठमाडौं /महोत्तरीमा निर्माण भइरहेको एकीकृत मुसहर बस्तिको ७० प्रतिशत काम सकेर काठमाडौं आइपुगेका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेले आफ्नै घरमा छोरीसँग होली खेलेर रमाइलो गरेका छन् ।
छोरी सुविहानीका साथै मेरी बास्सै टेलिफिल्ममा आवद्ध कलाकार टोलीसँग धुर्मुस सुन्तलीले होली खेलेका हुन् । ललितपुरको थसीखेलमा रहेको घरमा बिहानैदेखि कलाकार टोली जम्मा भएर होली खेलेको हाँस्य कलाकार विनोद राई घ्याम्पे सुब्बाले जानकारी दिए । धुर्मुस सुन्तलीको घरमा मेरी बास्सै टेलिफिल्मका मुख्य सहायक निर्देशक, दिपक आचार्य–बाङगे बा, गोफ्ले काजी रामचन्द्र अधिकारी, जानुका के।सि प्याकुली, सुसिला निरौला–बिम्ली, नेत्र राउत–नेत्रे, बिनोद राई–घ्याम्पे सुब्बा, लेखान्त भुसाल–घिरौले, सुबोध गौतम–गनगने लगायतका कलाकारहरु होली खेलिरहेका छन् ।
काठमाडौंमा होली मनाउन शनिवार काठमाडौ आएका धुर्मुसले भोली नै मुसहर बस्ति निमार्णको काममा फर्कने बताएका छन् । उनले यो बर्षको होली माया, प्रेम, सद्भाव र एकताको होली भन्दै उनले थालेको सामाजिक काममा सहयोग गर्ने सम्पूर्ण ब्यत्तित्वहरु र सम्पूर्ण दर्शकहरुलाई होलीको शुभकामना ब्यक्त गरेका छन् ।