काठमााडौं/ हास्य कलालाकार दीपकराज गीरीले मन्त्रीहरूलाई जनावरको संज्ञा दिएका छन् । उनले स्वास्थ्यमन्त्री गगनकुमार थापा र उर्जा मन्त्री जनार्दन शर्मा बाहेकका सबै मन्त्रीलाई जनावरको संख्या दिएका हुन् । विजय कुमार गच्छेदार नेतृत्वको दललाई सरकारमा सहभागी बनाउनको लागि कांग्रेसबाट मन्त्री बनेका थापालाई सरकारबाट फिर्ता बोलाउने चर्चा चलेपछि उनले यस्तो लेखेका हुन् । उनले मन्त्रिपरिषद चिडियाखाना भएको भन्दै त्यहाँ  मन्त्री शर्मा र स्वास्थ्यमन्त्री थापा रहन नहुने बताएका छन् । चिडियाखानामा जनावरमात्रै बस्ने भएकोले उनले शर्मा र थापा बाहेकका सबै मन्त्रीलाई जनावरको संज्ञा दिएका हुन् ।