नेपालगन्ज/नेकपा एमालेको मेची–महाकाली अभियानलाई लक्षित गर्दै मधेसी मोर्चाले मंगलबार आह्वान गरेको नेपालगन्ज बन्दका कारण जनजीवन आंशिक प्रभावित भएको छ ।
मोर्चाको बन्दका कारण नेपालगन्जमा केही सवारी साधन सञ्चालनमा आए पनि शैक्षिक संस्था बन्द भएका छन् । त्यसैगरी उद्योगधन्दासमेत बन्द भएका छन् ।
मोर्चाले एमालेको अभियान र नेपालगन्जको जनसभामा सहभागी नहुन बाँकेका स्थानीय समुदायलाई अपिलसमेत गरेको छ । एमालेको सभामा मान्छे आउन नदिन मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।
बाँकेमा गर्ने जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल लगायतका एमाले नेता नेपालगन्ज जाने कार्यक्रम छ ।
एमालेको जनसभालाई लक्षित गरेर नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।