दुलारी (मोरग)/ सलकपुरमा कार्यालय हुनु पर्ने माग राख्दै सुन्दरदुलारी नगरपालीकाका स्थानीयवासीले मंगलवार सडकमा उत्रिएर आन्दोलन गरेका छन् ।
[caption id="attachment_34374" align="alignnone" width="720"]
सुन्दर हरैचा नगरपालीकाको कार्यलय सलकपुरमा राख्न माग गदै सलकपुरमा दुलारीवासीले गरेको आन्दोलनमा सहभागीहरु । तस्बिरः धनबहादुर पुरी[/caption]
सुन्दरदुलारी र कोशीहरैचा नगरपालीका गाभिएर सुन्दर हरैचा नगरपालीका भएकोले कार्यलय सलकपुरमा हुनु पर्ने माग गदै सन्दरदुलारीबासी आन्दोलनमा उत्रिएका हुन ।
राजनितिक दलहरुको सहमती अनुसार सुन्दर हरैचाको कार्यलय विराटचौकमा राख्ने सरकारी निर्णयको विरुद्धमा दुलारीका अगुवाहरुले आन्दोलन गरेका हुन । भरखरै नेपाल सरकारले देशैभरी नगरपालीका र गााउपालीका वनाउने क्रममा सुन्दरदुलारी र कोशी हरैचा मिलाएर सुन्दर हरैचा नगरपालीका कायम भएको थियो ।
दुलारीवासीका हित विपरीत कोशीहरैचाको अहिलेकै नगरपालीका लाई राजपत्रमा उल्लेख गरी कार्यलय राख्ने तयारी गरेको भन्दै सुन्दरदुलारीका स्थानिय र राजनैतिक दलका नेता आन्दोलीत भएका हुन् ।
राजनैतिक सहमती अनुसार भद्र सहमती गरी एकिकरण गरीएको तर कार्यालय राख्ने स्थान एका एक राजपत्रमा परिवर्तन गरेको कारण आन्दोलनमा उत्रिनुको विकल्प नभएको नेपाली काँग्रेसका सुन्दरदुलारी नगरसभापति चैतन्य सिटौलाले वताए । उनले भने दुवै नगरपालीका को पाएक पर्ने स्थान सलकपुरमा हो त्यहाँ कार्यलय हुनु पर्छ ।
उनले भने रातारात कसले परिवर्तन गरायो र राजनैतिक दलहरुको भद्रसहमीमा पुरा नभएको भन्दै आपत्ती जनाएका थिए । उनले नै पनिहालतमा नगरपालीकाको कार्यालय सलकपुरमै हुनु पर्ने माग गरेका छन ।
माओवादी केन्द्र सुन्दरदुलारीका इन्चार्ज राजकुमार तामाङंले सवैको पाएक पर्ने स्थानमा राखिने भनेको कार्यलय अहिले दुलारीको जनताको लागी पायक नपरेको कारण आन्दोलनमा उत्रनु परेको वताए । १५ दिन अगाडी सम्म हेर्दा नगरपालीकाको कार्यालय सलकपुरमानै राख्ने उल्लेखीत कागज पत्र र सवै राजनैतिक दलहरुको हस्ताक्षर सहितको माईनेट मन्त्रालय सम्म पठाईएको भए पनि सहमती अनुसार कार्यलय नराखेको कारण आफुहरु आन्दोलीत भएको वताए ।
नेकपा एमालेका अगुवा नेता उमेश वस्तीले स्थानिय निकायको निर्वाचन आईरहेको वेला यस्तो प्रपोकाण्ड गर्नु आपत्तीजनक रहेको भन्दै सुन्दरदुलारीवासीको हित विपरीत कार्यलय राख्ने काम मान्य नहुने वताए । उनले भने कार्यलय सलकपुरको विकल्प छैन सबै नगरवासीहरु एकै हुन ।
मगंलवार विहानै करिव एक हजारको संख्यामा सुन्दरदुलारीका स्थानियले सहमती अनुसार सलकपुरको वनर्कालयमा राख्ने भनिएको कार्यालयमा गई विराध सभा गरेका थिए । विरोध सभामा उपस्थीत अधिकाँस नेता तथा अगुवाहरुले सलकपुरमा नै कार्यालय रहने वताएका छन् । उनिहरुले नेपाल सरकारले तुरुन्तै मन्त्री परिषदको निर्णय गरी विराट चौक लेखीएको राज पत्रमा सलकपुर लेखिनुपर्ने वताएका छन् ।