फाल्गुन/ बलिउड स्टार नायिका प्रियंका चोपडाले सिक्कीमी नेपाली भाषामा चलचित्र बनाउने भएकी छन् । उने आफ्नै प्रडक्सन हाउसमार्फत नेपाली भाषा र नेपाली बालबालिकाको कथाबारे फिल्म बनाउन लागेकी हुन् ।
चोपडाको प्रडक्शन हाउस पर्पल पेबल पिक्चर्सले सिक्किमको पर्यटन मन्त्रालयको सहकार्यमा ‘पाहुना’ नामक चलचित्र बनाउन लागेको हो ।
यो फिल्म नेपालमा भएको माओवादी द्वन्द्वको क्रममा भागेर सिक्किम पुगेका तीन नेपाली बालबालिकाको सम्बन्ध र साहसमाथि केन्द्रित हुनेछ ।
‘यो विधामा म लामो समयदेखि काम गर्न चाहन्थे र अहिले यसको तयारी सुरु भएको छ । सिक्किम सरकारले यो चलचित्र बनाउन सहकार्य गरेकोमा खुशी छु’, प्रियंकाले प्रेस विज्ञप्ती जारी गर्दै भनेकी छन् ।
यसअघि चोपडाको प्रडक्शन हाउसले दुई क्षेत्रिय भाषामा फिल्म बनाइसकेको छ । यसअघि पञ्जाबी फिल्म सर्भन र मराठी फिल्म भेन्टिलेटर बनाइसकेको पेबल प्रडक्शन हाउसले अब सिक्कमी नेपाली भाषामा फिल्म बनाउन लागेको हो ।