शिक्षा मन्त्री धनिराम पौडेलले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भएका केही परीक्षा केन्द्रहरुको आकस्मिक अनुगमन गरेका छन् ।

परीक्षाको पहिलो दिन विहिबार मन्त्री पौडेलले काठमाडौं र ललितपुरका केही परीक्षा केन्द्रमा पुगी परीक्षाको अनुगमन निरिक्षण गरेका हुन् ।

मन्त्री पौडेलले काठमाडौंको शिवपुरी मावि, बालुवाटार, पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजार, नन्दी मावि, नक्साल, पाटनढोका मावि ललितपुर लगायतका परीक्षा केन्द्रमा पुगी एसइई परीक्षाको स्थलगत अनुगमन गरे ।

अनुगमन पश्चात मन्त्री पौडेलले शान्तीपूर्ण र मर्यादित ढंगले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्ष, निरिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिए ।