तरहरा / ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधी काकड्भिट्टा टेनिङ सेन्टरले चुमेको छ । विहिवार भएको फाईनल खेलमा एपिएफ पूर्वाञ्चललाई १–० को अन्तरले हराउँदै काकड्भिट्टाले उपाधी चुमेको हो । नाईजेरियन खेलाडी सहित मौदानमा उत्रिएको काकड्भिट्टाले विजेता वनेको हो ।
एपिएफको राष्ट्रिय टिमका खेलाडी सहित मौदानमा उत्रिएको भए पनि उत्कृष्ट प्रर्दशन गर्ने नसक्दा उपविजेतामा चित्त वुझाउँनु परेको थियो । काकड्भिट्टाका खेलाडी पिटरले दोस्रो हाफको ४ मिनेटमा गोल गरेर टिमलाई वलियो वनाएका थिए । पहिलो हाफमा वरावर खेलका दुवै टिम दोस्रो हाफको गाल पछि आक्रमक रुपमा प्रस्तुत भएको थियो ।
खेलको पहिलो हाफमा एपिएफका शुशिल राईले सजिलो वललाई पनि गोलमा परिणत गर्ने सकेका थिएनन् । रामकुमार कुमालको प्रहार पनि गोलमा परीणत हुन सकेन । दुई दुई पल्ट फ्रि किक पाएको एपिएफले गोल गर्ने वारम्वारको प्रयास खेल अवधीभर असफल नै वनेको थियो । यता काकड्भिट्टाका श्यामसुनको वारम्वारको प्रहार पनि असफल नै रहेको थियो ।
खेलको विजेताले नगद रु २ लाख र उपविजेताले नगद एक लाख रुपैया पाएका थिए । फाईनल खेलको म्यान अफ दी म्याच काकड्भिट्टाका गोल कर्ता पिटर घोषित भए । त्यस्तै खेल अवधीधर सर्वाधिक गोलकर्तामा काकड्भिट्टाकै श्यामसुन घोषित भए । इटहरीको उदयमान खेलाडीमा विमल मगर घोषित भए उनले २४ इन्चको टिभि पाए भने सर्वेउत्कृष्ट खेलाडीमा काकड्भिट्टाका नगेन लिम्वुले ३२ इन्चको टिभि पाएको प्रतियोगिताको संयोजक अनुरोध थापाले वताए ।
कार्यक्रमका प्रमुख अतिथि राष्टिय खेलकुद परीषदका सदस्य सचिव केशवकुमार विष्टले इटहरीलाई खेलकुदको शहरको रुपमा विकास गदै लौजाने वताए । प्रतियोगिताको पुरस्कारको राशी समेत थोरै भएको भन्दै १२ गोल्डकपमा ५ लाख रुपैया पुरस्कार पुरप्याउँन सुझाव दिए । पछिल्लो केहि वर्ष यता खेलकुद क्षेत्रमा इटहरीको विकास तिब्र भएको भन्दै इटहरीलाई पूर्वको खेलकुदको हव वनाउँन आफु समेत लागी परेको सदस्य सचिब विष्टको भनाई थियो ।