धरान/छैठौं पूर्वाञ्चल क्षेत्रीय अन्तर नगरपालिका स्तरीय तेक्वान्दो प्रतियोगिता धरानमा शुक्रबारबाट सुरु भएको छ ।
[caption id="attachment_35060" align="alignnone" width="800"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
धरान तेक्वान्दो डोजाङको आयोजनामा भइरहेको प्रतियोगितामा १७ जिल्लाका करिव १५० खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् । कार्यक्रमको उद्घाटन सांसद कृष्णकुमार राई, जिल्ला खेलकुद परिषद्का जिल्ला अध्यक्ष धनप्रसाद राईलगायतले गरे ।
१३ वटा विधामा भइरहेको प्रतियोगितामा फाइट तर्फ महिला ४६ र पुरुष ९८ गरी कुल १४४ जनाले स्पर्धा गरिरहेका छन् । त्यस्तै पुङ्से तर्फ पनि ग्रिनबेल्टदेखि ब्लाकबेल्टसम्म स्पर्धा भइरहेको कार्यक्रम संयोजक गोपाल राईले बताए । केटा तर्फ २५ देखि ३५ केजी तल र ५० देखि ६३ केजी मुनी तौल समूहमा भिडन्त भइरहेको छ । केटी तर्फ ४२ देखि ५७ केजी मुनी तौल समूह भिडन्त गरिरहेका छन् ।
प्रतियोगितामा इलाम, मेची, धनगढीमाई, विराटनगर, इनरुवा, दुहवी, इटहरी, धरान, धनकुटा, सिराहा, गोलबजार, त्रियुगा, कटारी, बुधबारेमाई नगरपालिकाहरुका खेलाडीहरु सहभागी छन् ।