कास्की/मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला समूह कास्कीले वैदेशिक रोजगारी शिलशिलामा श्रीमान् गुमाएका ३ जना एकल महिलालाई सिलाई मेसिन वितरण गरेको छ ।

समूहले ल्वाङ्गघलेल–७ कि सोनिया गुरुङ्ग, रिभान गाविसकी माया विक र चापाकोट गाविसकी चन्द्रकला थापामगरलाई सिलाई मेसिन वितरण गरिएको हो । तीनै जनाका श्रीमान विदेशमा सम्झौता अवधि भन्दा धेरै बसेका बेला ज्यान गएकाले उनीहरुले क्षतिपूर्ति पाएनन्। त्यसैले ज्यामी काम गर्दै आएका उनीहरुलाई जिविकोपार्जनमा सहयोग गर्न सिलाई मेसिन वितरण गरिएको संस्थाकी अध्यक्ष प्रमिला तझ्याले बताए।