[caption id="attachment_35131" align="alignleft" width="397"] File photo[/caption]

रुपन्देही/ बुटवलमा वृहत शैक्षिक मेला सुरु भएको छ ।

विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आजदेखि सो मेला सुरु भएको हो । वान अप प्रालि काठमाडाैँको आयोजनामा मेला आयोजना गरिएको हो ।

सो मेलामा देशका २५ वटा प्रतिष्ठित कन्सलटेन्सी, ४१ वटा कक्ष रहने आयोजक वान अप प्रालिका प्रमुख कार्यकारी अधिकृत रविशङ्कर झाले जानकारी दिए ।

यसअघि काठमाडाैँ, पोखरा, चितवनमा समेत यस्ता किसिमका मेला आयोजना गरिएका थिए । मेलामा एकै स्थानबाट विभिन्न शैक्षिक परामर्शदाताको सेवा पाउन सकिने व्यवस्था गरिएको छ ।

मेलामा अष्ट्रेलिया, अमेरिका, जापान, न्यूजिल्यान्ड, भारतका विभिन्न कलेजका प्रतिनिधिसँग सिधै कुरा गर्न सकिने व्यवस्था मिलाइएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ ।

-रासस