बलीउडकी अहिलेकी चर्चित र व्यस्त अभिनेत्री सन्नी लियोनीले आफुलाई कस्तो पुरुषहरु मनपर्छन् भन्ने खुलेर बताएकी छिन् । उनका अनुसार रोमान्सको मामिलामा उनी पुरानो खालकी छिन् ।

उनले एक अन्तवार्तामा बताएकी छिन् कि उनी पुरुषको कुराकानी गर्ने तरिका, व्यवहार र लुक्स आदि जस्ता सबै कुरामा ध्यान दिन्छिन् । तर, उनले सबैभन्दा बढि विचार गर्ने कुरा चाहिँ पुरुषले महिलाहरुलाई कस्तो व्यवहार गर्छ त्यो नै हो ।

महिलालाई राम्रो व्यवहार गर्ने पुरुषमात्रै उनलाई मन पर्छ । सनीले बताएकी छिन् उनलाई ति पुरुष मन पर्छन् जो महिलाको लागि कारको ढोका खोल्छन्, रोमान्टक डिनरमा लैजान्छन्, फूल र चकलेटहरु गिफ्ट गर्छन् र महिलालाई हरेक तरिकाले खुसी राख्ने प्रयत्न गर्छन् ।हाल ३५ वर्ष भएकी सन्नी लियोनीको पुरा नाम करनजीत कौर बोहरा हो ।

पोर्नस्टारको रुपमा चर्चित सन्नी विगत पाँच वर्ष देखीमात्रै बलिउडमा प्रवेश गरेकी हुन् । हाल उनी आफ्नो म्युजिसियन पति डेनियल वेबर सँग मुम्बईमा बस्छिन् ।