एसियाली यू–२३ फुटबल छनौटमा नेपाल समूह ‘डि’ मा परेको छ । मलेसियामा ४ चैतमा सार्वजनिक गरेको तालिका अनुसार यो समूहमा लेबनान, उज्वेकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएई) छन् । यू–२३ टीम नेपालले ४ साउनमा युएई, ६ साउनमा उज्वेकिस्तान र ८ साउनमा लेबनानसँग युएईमा खेल्नेछ । सन् २०१८ मा चीनमा हुने प्रतियोगितामा जम्मा १६ टीम सहभागी हुनेछन् । छनौट चरणमा सहभागी ४० एसियाली देशलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट लिगको अंक तालिकाको शीर्षस्थानका १० टिम र उत्कृष्ट ५ रनर–अप छनौटमा पर्नेछन् । चीनले आयोजकको रुपमा सिधै प्रवेश पाउनेछ । तर समूह ‘जे’ मा रहेको चीनले छनौट चरण पार गरेमा उत्कृष्ट रनरअपको छैठौं स्थानमा रहेको टीमले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । समूह ए इरान, ओमन, किर्गिस्तान र श्रीलंका । समूह बी इराक, बहराईन, साउदी अरेबिया र अफगानिस्तान । समूह सी कतार, सिरिया, भारत र तुर्किमिनिस्तान । समूह डी नेपाल, युएई, लेवनान र उज्वेकिस्तान । समूह ई जोर्डन, ताजिकिस्तान, बंगलादेश र प्यालेस्टाइन । समूह एफ अष्ट्रेलिया, म्यान्मार, सिंगापुर र ब्रुनाई । समूह जी दक्षिण कोरिया, लाओस, चाईनिज ताईपेइ र हङकङ । समूह एच थाईल्याण्ड, इण्डोनेसिया, मलेसिया र मंगोलिया । समूह आई उत्तर कोरिया, भियतनाम, टिमोर लिस्ते र मकाउ । समूह जे जापान, चीन, कम्बोडिया र फिलिपिन्स ।