धरान/अन्तर नगरपालिका स्तरीय छैठौं पूर्वाञ्चल तेक्वान्दो प्रतियोगितामा सधै झै यसपटक पनि धरानले बर्चश्व कायम गरेको छ । [caption id="attachment_35323" align="alignnone" width="1024"] च्याम्पियन टोली धरान उपमहानगरका खेलाडीलाई पुरस्कार प्रदान गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्ट । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] धरान उपमहानगरले ५ स्वर्णसहित पहिलो स्थान ओगट्न सफल भएको हो । शुक्रबारदेखि जारी खेलमा १६ नगरपालिकाहरुलाई हराउ“दै धरान च्याम्पियन बनेको छ । विजेता नगरपालिकालाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै त्रियुगा नगरपालिका उदयपुर २ स्वर्ण १ रजतसहित दोस्रो स्थान ओगट्न सफल भएको छ । त्यस्तै इटहरी नगरपालिका २ स्वर्णसहित २ कास्य उचाल्दै तेस्रो बनेको छ । धरानले सधै झै यसवर्ष पनि बर्चश्व कायम गरेको आयोजक धरान तेक्वान्दो डोजाङका संयोजक गोपाल राईले बताए । फाइटिङ र पुङ्से गरी दुई विधामा प्रतियोगिता भएको थियो । फाइटिङमा ९८ केटा र ४६ केटीले स्पर्धा गर्दा पुङ्सेमा केटा र केटीसहित १९ जनाले स्पर्धा गरेका थिए । फाइटिङमा १३ वटा विधामा प्रतियोगिता हु“दा पुङ्सेमा केटा र केटी गरी ६ वटा विधामा खेल भएको थियो । विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र जिल्ला खेलकुद परिषद्का अध्यक्ष धनप्रसाद राईले पुरस्कार वितरण गरे । प्रतियोगितामा इलाम, मेची, धनगढीमाई, विराटनगर, इनरुवा, दुहवी, इटहरी, धरान, धनकुटा, सिराहा, गोलबजार, त्रियुगा, कटारी, बुधबारेमाई नगरपालिकाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।