दीपकराज गिरीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसंग फिल्मको विहे नै नभई डिभोर्सको कुरा कसरी आयो भनेर आश्चर्य व्यक्त गरेका छन् । दीपकराज गिरी र दिपाश्री निरौलाको समूहले निर्माण गर्ने फिल्म ‘छक्का पञ्जा फेरि’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको र उनले फिल्म खेल्न अस्वीकार खबर सार्वजनिक भएपछि उनले मुख खोलेका हुन् । दीपकले आइतबार बिहानै आफ्नो फेसुबकमा स्टाटस लेख्दै भनेका छन्– ‘साम्राज्ञीले छक्का पन्जा छोडिन् भन्ने न्यूज भाइरल भएछ’ फिल्मको कथानै तैयार भै सक्या छैन, कसरी छोडिछन् ? रिलिज भैसक्या छक्का पन्जा छोडिन पो भन्या हो कि ? जबकि चल्तिका दुई/तीन नायिकाहरू पहिलै छन् फिल्ममा ती नव नायिकाको नाम किन भजाउनु हाम्ले ? साम्राज्ञीसंग फिल्मको बिहे नै भा छैन, डिभोर्सको के कुरा ? डिभोर्स हुनलाई पहिला बिहे त हुनु पर्यो ?’ उनको यो स्टाटसले साम्राज्ञीसँग ‘छक्का पञ्जा फेरि’ खेल्नेबारे कुनै कुरा नै नभएको स्पष्ट पार्छ । दिपाश्रीले निर्देशन गर्ने फिल्मको डेट भदौ १६ लाई तोकिएको छ ।