पोर्चुगललाई २०१६ को युरो कप जिताउन अहम भूमिका निर्वाह गरेको भन्दै पोर्चुगिज फुटबल संघले रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पुरस्कृत गरिएको छ।
संघले रोनाल्डोको कप्तानीमा देशले पहिलो पल्ट युरो कपको उपाधि जितेको अवसरलाई स्मरणीय बनाउन उनलाई ‘वर्ष खेलाडी’ बाट सम्मानित गरेको छ। ३२ वर्षे रोनाल्डोले यस अभियानमा रियल म्याड्रिकै आफ्नो सहपाठी पेपे र स्पोर्टिङ लिस्बनका गोलरक्षक रुई पार्टिसियोलाई पछाडि छोडेका हुन्।
गत सिजन म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोले एट्लेटिको म्याड्रिडविरुद्ध फाइनलमा निर्णायक गोल पनि गरेका थिए।
गत वर्ष पोर्चुगलले युरो कपको फाइनलमा फ्रान्सलाई उसैको घरमा १–० ले पराजित गरेको थियो। फाइनलमा रोनाल्डो पहिलो हाफमै घाइते भएर मैदानबाट बाहिरिएका थिए।
रोनाल्डोले देशको उत्कृष्ट खेलाडीको घोषणाले आफ्नो हौसला बढेको प्रतिक्रिया दिएका छन्। सोमबार पुरस्कारको घोषणा भएपछि उनले भने–‘यो मेरो लागि विशेष वर्ष थियो र यही ट्रफीको प्रतिक्षामा थिए। म पोर्चुगिज जनताप्रति आभारी छु, जसको विश्वासका कारण हामीले इतिहास रच्न सक्यौं।’
रोनाल्डोले २०१६ को प्रदर्शनको आधारमा बालोन डि‘ओर र फिफा वर्ष खेलाडीको सम्मान पाइसकेका छन्। उनलाई युरोको उत्कृष्ट खेलाडीबाट पनि सम्मान गरिएको थियो।
राेनाल्डाेलार्इ अर्काे ठुलाे पुरस्कार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































