इटहरी/इटहरी स्थित संगित चौकका होटल ब्यावसायीलाई हमला गरी लुटपाट गर्ने गिरोहलाई पक्राउको माग गदै मंगलवार विहान एक घण्टा ब्यावसायीहरुले बजार बन्द गराएका छन । दवाव स्वरुप प्रहरीलार्ई चाडो अपराधी पक्राउ गराउन ब्यावसायीहरुले बजार वन्द गराएका हुन ।

संगित चौकका तिरुपती होटलका संञ्चालक रोहित सुब्वालाई आईतवार मध्यराती कुटपिट गरी रकम समेत लुटपाट गरी लगेको भन्दै अपराधीलाई तत्काल पक्राउ गर्न ब्यावसायी जिवन पराजुलीले माग गरेका छन । उनले भने होटलमै आएर सांघातिक आक्रमण गर्नेलाई प्रहरीले चाडो पक्राउ गर्न दवाव स्वरुप बजार बन्द भएको हो ।

सुब्वालाई वियरको बोतलले प्रहार गर्दा आखाँ तथा टाउँकोमा गम्भिर चोट लागेपछि राती नै धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागि लगिएको थियो भने उनी सोमबारनै डिस्चार्ज भएको छन्। संगित चौकको ब्यावसायीहरुले भने इटहरीकै अविनास लिम्वु सहितको समुहले हमला गरेको आरोप लगाएका छन । होटलबाट पैसा समेत लुटेर लगेको भन्दै कडा भन्दा कडा कार्वार्हीको माग गरेका हुन । यता इलाका प्रहरी कार्यलय इटहरीले अविनास लिम्वु लगायतका समुहले कुटपिट गरी पैसा समेत लुटेर लगेको भन्दै अविनाल लिम्वु लगातयको समहुलाई खोज्ने काम भईरहेको वताएका छन् । लिम्वु यस अघि पनि विभिन्न घट्नामा संलग्न हुदै आएका छन ।