ताप्लेजुङका सामुदायिक विद्यालयमा यस वर्ष पाठ्यपुस्तक अभाव नहुने देखिएको छ । आगामि शैक्षिक सत्रका लागि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महाँसंघ ताप्लेजुङले चैतबाटनै पुस्तक वितरण सुरु गर्ने भएकाले पठ्य पुस्तक अभाव नहुने भएको हो ।
ताप्लेजुङलाई आवस्यक पर्ने पाठ्य पुस्तक मध्य अहिले नै पचास प्रतिसत भन्दा बढि पाठ्यपुस्तक सदरमुकाम आईसकेको र अब विद्यालयहरुलाई माग अनुसार बाँड्न सुरु गरीने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महाँसंघ ताप्लेजुङका अध्यक्ष दिनेश भट्टराईले बताउनुभयो । व्यवसायी महाँसंघले वितरण गर्ने गरी कक्षा ९ सम्मका १ हजार सेट र कक्षा १० को १ हजार २ सय सेट पुस्तक आईपुगेको र अझै आउने तयारीमा रहेको अध्यक्ष भट्टराईको भनाई छ । जनक शिक्षा सामाग्रि केन्द्रमा नै पुस्तक कम भएकाले सबै विद्यालयमा एकै पटक पुग्ने गरी ल्याउन भने केहि समय लाग्ने महाँसंघको भनाई छ ।