नवलपरासी/नवलपरासीको भेडाबारीमा बाघको आक्रमणबाट ८ चैत साँझ एक जनाको मृत्यु भएको छ । गैंडाकोेट–११ भेडावारीकी ६१ वर्षीय पूर्णकला अधिकारीको बाघको आक्रमणबाट मृत्इु भएको इलाका प्रहरी कार्यालय, गैडाकोटले जनाएको छ । भेडावारी सामुदायीक वनमा घास काट्न गएकी पूर्णकलाको बाघको आक्रमणबाट घटनास्थमै मृत्यु भएको जनाएको छ । अधिकारीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।