ताप्लेजुङ/ ताप्लेजुङका सामुदायिक विद्यालयमा यस वर्ष पाठ्यपुस्तक अभाव नहुने देखिएको छ । आगामी शैक्षिक सत्रका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङले चैतबाटनै पुस्तक वितरण शुरु गर्ने भएकाले पाठ्यपुस्तक अभाव नहुने भएको हो ।

ताप्लेजुङलाई आवश्यक पर्ने पाठ्यपुस्तकमध्ये अहिले नै ५० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक सदरमुकाम आइसकेको र अब विद्यालयहरुलाई माग अनुसार बाँड्न शुरु गरिने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष दिनेश भट्टराईले बताए ।

व्यवसायी महासङ्घले वितरण गर्ने गरी कक्षा ९ सम्मका १ हजार सेट र कक्षा १० को १ हजार २ सय सेट पुस्तक आइपुगेको र अभैm आउने तयारीमा रहेको अध्यक्ष भट्टराईको भनाइ छ । जनक शिक्षा सामग्री केन्द्रमा नै पुस्तक कम भएकाले सबै विद्यालयमा एकैपटक पुग्ने गरी ल्याउन भने केही समय लाग्ने महासङ्घको भनाइ छ ।