धरान/धरानको बगरकोटमा केही युवा समूहले एक युवालाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । बुधबार राति करिव ८ बजेतिर दुई जना युवाले ‘भाइलाई कुट्ने तै हैनस’ भन्दै कुटपिट गरेका हुन् । नाम नखुलेका उक्त व्यक्तिलाई रगतपच्छे हुने गरी कुटपिट गरेको स्थानीयवासीले बताए । ती युवाहरु कहाँबाट आएका थिए र कुटाई खाने व्यक्ति को हुन् भन्ने बारेमा स्थानीयहरुलेसमेत आफूहरुलाई जानकारी नभएको बताए । यस बारेमा प्रहरीसमेत बेखबर छन् । कुटपिट भएको बारे प्रवेग लिम्बूले फेसबुकमा पोष्ट गर्दै भनेका छन्, ‘धरानमा नयाँ नौलो खबर, प्रत्येक दिन कट्टी प्रहार, आज बगरकोटमा घटना ।’ ब्लाष्टकर्मीले बगरकोटमा गएर बुझ्दा घटना भएको तर, प्रहरीलाई खबर नपुगेको कारणले आक्रमण गर्ने युवा र कुटाई खाने युवाहरु को हुन् भन्ने खुल्न नसकेको बताएका थिए । ब्लाष्टकर्मीले नाम पत्ता लगाउने प‍‍यास जारी राखेकाे छ ।