धरान/रामनवमी र हनुमान जयन्तीको अवसरमा प्राचिन हरिद्वार चतराधाम बराहक्षेत्रमा १५ दिने ‘रामनवमी तथा हनुमान जयन्ती महोत्सव’ लाग्ने भएको छ । [caption id="attachment_36388" align="alignnone" width="900"] पत्रकार सम्मेलनमा जानकारी दिदै जगद्गुरु श्री रामानन्दाचार्य सेवापीठ चतराधामका संरक्षक १००८ श्री कृष्णदास महाराज र अन्य पदाधिकारीहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] जगद्गुरु श्रीरामानन्दाचार्य सेवापिठ चतराधामको आयोजनामा चैत्र १५ गतेदेखि २९ गतेसम्म महोत्सव लाग्ने भएको हो । महोत्सवमा राष्ट्रिय अन्तर्राष्ट्रिय गरी ६ सय साधकहरु सहभागी हुने पिठका अध्यक्ष गणेश बिरही सुब्बाले बताए । सेवापिठले सञ्चालन गर्दै आएको पाशुपत सिद्धमहायोग ध्यान साधन केन्द्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका साधकहरु सहभागी हुने छन् । २४ जिल्लामा केन्द्रको करिव ८० वटा उपकेन्द्रहरु खुलिसकेका छन् । त्यस्तै भारतको दिल्ली, महाराष्ट्र, उत्तराखण्ड, राजस्थानबाट साधक आउने छन् भने अमेरिका, बेलायत र क्यानडाका साधकहरु पनि १५ दिने महोत्स्वमा सहभागी हुने पीठका सदस्य श्याम पौडेलले बताए । महोत्सवमाको लागि नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीसमेत आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । तर, केही दिन भित्र राष्ट्रपति आउने/नआउने बारेमा निश्चित हुने आयोजकले बताएको छ । महोत्सवको ९ दिनसम्म पिठका संरक्षकसमेत रहेका जगद्गुरु १००८ श्री डा. बैष्णव कृष्णदासजी महाराजले खण्ड समाधि गर्ने कार्यक्रम रहेको छ । यस अघि नेपालमा दुईपटक भूसमाधि बसिसकेका छन् भने भारतमा तीनपटक भूसमाधिमा बसिसकेका छन् । हरेक रामनवमीको बेलामा समाधि गर्दै आइरहेका छन् । प्राचिन हरिद्वारलाई धार्मिक पर्यटकीय क्षेत्र र आर्युवेद शिक्षालय बनाउने उद्देश्यले यो महोत्सव लगाउन लागिएको संरक्षकसमेत रहेका कृष्णदास महाराजले बताए । त्यसका लागि उनले गुरुयोजनासमेत सार्वजनिक गरेका छन् ।