तरहरा (सुनसरी) पछिल्लो केहि समय यता पूर्वी नेपालमा अपराधिक गतिविधी गर्ने गिरोहहरु सकृय भएका छन् । पूर्वी नेपालमा हत्या ,चोरी तस्करीका साथै गुण्डागर्दीको घट्नासमेत बढेको क्षेत्रीय प्रहरीको तथ्याकले देखाएको छ । तर प्रहरीले भन्ने खुल्ला सिमानाले समस्या देखाउदै अपराधिक गतिविधी गर्ने गिरोहलाई पक्राउ गरेर कारवाही गर्न चासो देखाएको छैन् । गत चैत्र ४ गते मोरगंको कटहरीमा अस्मिता भट्टाराई डाँगा र दिपा निरौला डाँगालाई गोली प्रहार गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ गर्ने सकेको छैन । हालसम्म घट्नामा संलग्न को थिए ? भन्ने सम्म प्रहरीले सुईको सम्म थाहा पाउँन सकेको छैन । गत मंसिर ४ गते प्रकाशपुर रामधुनी स्थित भारत विहार अररिया पोष्ट पथरा गुराना ६ बस्ने बर्ष ४३ को मो.सिद्धीकीलालाई गोली हानी हत्या गरेको अबस्थाम फेला परेको भए पनि हालसम्म हत्यारा पत्तालाग्न नसेकेको छैन् । गत फागुन १४ गते चादवेला ९ की अमिता कुमारी मुडियारीलाई हत्या गरी पैनीको कलभर्टको होमपाईप भित्र फालेको अवस्थामा भेटिएको शव कस्ले हत्या गर्यो भन्ने कुरा प्ररहलिे पत्ता लगाउन असफल भयो । गत पुस १४ गते दुहवी भलुवा ४ शंकर थापाको घरमा घरेलु काम गरी बस्दै आएकी बर्ष ३५ की पवित्रा बिष्ट लाई धारिलो हतियार प्रहार गरी हत्या भयो निज थापा पक्राउ परी साधारण तारेखमा छुटेका छन । उक्त घट्नाको दोषी प्रहरीले पत्ता लगाउन सकेको छ्रनै । यता पूर्व क्षेत्रीय प्रहरी कार्यलयका डिआईजी रमेश भट्टराईले भने संस्थागत अपराध नभएको भए पनि अपराधीक घट्नाहरु भने वढिरहेको स्वीकार गरे । अपराध बढ्दै गएको कारण प्रहरीहरु सक्रिय रुपमा लागी परेको वताउँदै बतउछन् । तर उपलब्दीभने शुन्य देखिएको छ । अपराधीहरु प्रहरी भन्दा एक कदम अगाडी वढ्न खोज्छन तर हामी अपराधीहरुलाई नियन्त्रण गर्न खटिरहेको दावी गर्छन । श्रावन ४ गते धरान १५ का चुचु, दिपक भन्ने दिवाकर राईलाई धारिलो हतियार प्रहार गरी मारेको अवस्थामा फेला परेको थियो । गत श्रावनमा विराटनगर ६ मा विरेन मुखियाले आफ्नै दाजु सन्तोष मुखियाले हत्या गरे । भदौ ७ गते अमाहिबेलामा विष्णु घिमिरेले आफ्नै आमा बर्ष ९० की हिरादेबी घिमिरेले आफ्नै आमाको हत्या गरेका थिए । असोजमा नरसिंहमा अफरोजा खातुनलाई अमना खातुन र सबरुन खातुनले घास काट्ने क्रममा कुटपिट गरी मारेका थिए । भदै ७ गते मोरङ्ग पथरी शनिश्चरे गोबिन्द दर्नाललाई खुकुरीले प्रहार गरी मारेको थियो । पुःन भदै २१ गते २१ गते बिराटनगर १३ को अक्सफोर्ड ब्याईज होम होस्टल सञ्चालक वर्ष २१ को विनोद यादवको हत्या भएको पूर्व क्षेत्रीय प्रहरी कार्यलयका प्रवक्ता सन्तोष निरौलाले वताए । धरानमा दिनहु छुरी आतंक हुने गरेको छ । होलीको दिन धरान–१९ मा एक युवकले श्रीमतिलाई हत्या फरार भएका छन् । प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न सकेको छ्रैन । यस्तै गत कार्तिक १ गते गते विराटनगर ६ स्थित धान खेतमा वर्ष १९ को अंकित दाहाल मारेर फालेको अवस्थामा फेला परे । पुस १३ गते मोरङ पाटीमा जिरा भन्ने हसँ बहादुर राई आफ्नै श्रीमती ऐश्रुवर्य राईले बन्चरो टाउकोमा प्रहार गरी मारेको । त्यस्तै पुस १७ गते सुन्दरदुलारीमा डाकाहरुको आक्रमणमा स्थानीय ५७ को धन बहादुर गुरुङले मृत्यु भएको थियो । मंसिर २ गते सुनसरी जल्पापुरका अर्जुन कुमार ऋषिदेबले जल्पापुर ९ बस्ने तारादेवी ऋषिदेबलाई कुटपिट गरी मारेको क्षेत्रीय प्रहरी कार्यलयले जनाएको छ । चालु आर्थिक वर्षको अहिले सम्ममा नै १ सय मुद्धा दायर भएको मध्ये ८० वटा मुद्धा फर्छौट भए पनि २० वटा ठूला घट्नाको मुद्धा भने किनारा लागेका छैनन् । आर्थिक वर्ष २०७२÷०७३ मा १ सय ३१ वटा कतब्र्य ज्यानको मुद्धा दायर भएको थियो । १ सय ११ वटा मुद्धा फर्सेट भए पनि २० वटा मुद्धा अहिले सम्म किनारा लागेको पाईदैन । त्यस्तै आर्थिक वर्ष २०७१÷०७२ मा १ सय ५३ वटा कतब्र्य ज्यान सम्वन्धी मुद्धा प्रहरी कार्यलयमा दर्ता भएको भए पनि १ सय ३१ वटा मुद्धा फर्र्छौट भए पनि २२ वटा मुद्धा अहिले सम्म पर्सेट भएको छैन । धेरै अपराधिहरु अहिले पनि प्रहरीको आँखा छली फरार रहेको प्रहरीको तथ्याकले देखाउँछ । अपराध नियन्त्रणमा पूर्वमा प्रहरी प्रशासन असफल देखिएको छ । तर डिआईजी भट्टराई भने यो कुरा स्वीकादैनन् । छिटफुट बाहेका अपराधीहरुलाई कानुनी दायरामा ल्याएको दावी गर्छन ।