विश्वकप छनौट अन्तर्गत शुक्रबार भएको खेलमा ब्राजिलले उरुग्वेलाई हराएको छ । उरुग्वेको घरेलु मैदान मोन्टेभिडियोमा भएको खेलमा पाहुना टोली ब्राजिलले उरुग्वेलाई ४–१ गोलले हराएको हो । दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत शीर्ष स्थानमा रहेको ब्राजिलले आफ्नो दबदबा कायम गर्दै उरुग्वेलाई उसैको मैदानमा हराएको हो । ब्राजिलको जितको लागि पाउलिन्हो नायक बने । उनले १८, ५१ र ९० मिनेटमा गोल गर्दै ह्याट्रि पूरा गरे । त्यस्तै ७४ मिनेटमा नेइमारले एक गोल गर्दै ब्राजिलले उरुग्वेलाई ४–१ ले हरायो । उरुग्वेका लागि पेनाल्टीमार्फत एकमात्र गोल एडिन्सन काभानीले ९ औं मिनेटमा गरेका थिए ।