इटहरी/ इटहरीमा अन्तराष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपको १२ औं संस्करण प्रतियोगिता हुने भएको छ । आइओएफटीसीले शुक्रबार पत्रकार सम्मेलन गरी इटहरीमा सन् २०१८ मा सो प्रतियोगिता गर्ने जनाएको हो ।

इटहरीमा आयोजित पत्रकार सम्मेलनामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट सति प्रतियोगिता निर्देशक दीवाकरा महर्जनले प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरे । अमेरिकाको पोर्टल्यान्डमा स्थाापना भएको सो संस्थाले सो प्रतियोगिताका यस अघिका ११ औैं संस्करणका प्रतियोगिता मध्ये नेपालमा पहिलो काठमाडौं, दोस्रो पोखरा र आठौं संस्करण काठमाडौंमा रहेको थियो ।

प्रत्येक दुई वर्षमा आयोजना हुने सो प्रतियोगितामा नेपाल र अमेरिकाले ४/४ पटक टीम च्याम्पियन बनेका छन् । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अमेरिका, क्यानडा, मकाउ, हङकङ, कोरियालगायतका देशका खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।