भारतमा बेचिन लैजाँदै गरेको अवस्थामा नवलपरासीको त्रिवेणीबाट दुई युवतीको उद्दार गरिएको छ ।

ती दुई युवतीलाई त्रिवेणीको ठूलो ब्यारेज पुलमा खटिएको नेपाल प्रहरीले उद्दार गरेका हुन् ।

मोरङ र रसुवा घर बताउने युवतीहरु १७ र १८ वर्षीय हुन् । शंका लागेर सोधपुछ गर्दा दिल्ली गएर विदेश जाने उनीहरुले बताएपछि उद्धार गरिएको ईलाका प्रहरी कार्यालय त्रिवेणीका सहायक प्रहरी निरिक्षक लेखनाथ भण्डारी भण्डारीले बताए ।

उनीहरु कोसँग आएका हुन् भन्ने वारेमा सोधपुछ भइरहेको छ ।

युवतीहरुलाई आफन्तको जिम्मा लगाउनका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको भण्डारीले जानकारी दिए । (नयाँ पत्रिकाबाट)