दैलेख/ गुडिरहेको बसको झ्यालबाट बाहिर टाउको निकाली वान्ता गर्न लागेका एक यात्रुको सडकको भित्तामा ठोक्किएर ज्यान गएको छ ।

ज्यान जानेमा दैलेखको ठाँटीकाँध गाउँपालिका–५ को तोलीजैसीका २१ वर्षका निमराज बिक रहेका छन् ।

कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ४६६० नम्बरको बसमा चढेका बिकको चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ को चिसाखोला नजिक सडकको भित्तामा ठोक्किएर आइतबार बेलुका ज्यान गएको प्रहरी निरीक्षक एकिन्द्र खड्काले जानकारी दिए ।