पर्सा/ पर्सा जिल्ला विश्रामपुरमा आज विहान एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेका छन् ।

उक्त शव विश्रामपुर– ६ का अन्दाजी ३५ वर्षीय अनोद साह कलवारको रहेको प्रहरीले जनाएको छ । स्थानीयले आज बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक कलवारको हातको आैँला र शरीरको केही अङ्ग जङ्गली जनावरले खाएको अवस्थामा पर्सा प्रहरीले फेला पारेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले बताए ।

स्वास्थ्य परिक्षणका लागि शवलाई नारायणी उपक्षेत्रीय अस्पतला वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

-रासस