इटहरी / सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि इटहरीमा खुलेको आईटीआरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजममा युवाहरूको आकर्षण बढेको छ । नेपालमै राजगारी गर्न चाहने र वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि इन्स्टिच्युटले विभिन्न तालीम प्रदान गर्ने गरेको सञ्चालक प्रेम तुम्वापोले बताए । धरान रोडस्थित गोरखा गल्लीमा खुलेको सो इन्स्टिच्युटमा होटल व्यवस्थापनसम्बन्धी सम्पूर्ण तालीम दिने र तालीम लिएकालाई रोजगार पनि खोजिदिने सञ्चालक तुम्वापोेले जनाए । पाँच वर्ष अघिदेखि ‘राम्रो तालीम रोजगार केन्द्र’ का नामबाट काम गरिरहेको सो इन्स्टिच्युटमा सीटीईभीटीबाट मान्यता प्राप्त कोर्स समेत सञ्चालन गर्न थालिएको सञ्चालकले बताए । सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी हाल तीनमहिने कुक तालीम, वेटर–वेट्रेस तालीम, बेकरी तालीम, कमर्सियल कुकिङ र बेकिङ ७९२ घण्टाको तालीम शुरु भएको पनि तुम्वापोले जनाए । यसका साथै १५ दिनको बेकरी, बार टेन्डर, हाउस किपिङ तालीम, वैदेशिक रोजगारमा जानेहरूका लागि कोर्स, जापान जानेलाई नान तथा तन्दुरी कोर्सको व्यवस्था रहेको उनले बताए । बढी प्रयोगात्मक तरिकाले सिकाइने, एक समूहमा १० जना मात्रै राखिने, भिडियो कक्षा सञ्चालन र टाढाबाट आउने विद्यार्थीका लागि छात्रावासको व्यवस्था रहेका कारण युवाको आकर्षण बढेको उनको भनाइ छ । कोर्स सम्पन्न भएपछि विभिन्न होटलमा ओजेटीको समेत व्यवस्था गरिएको र प्रशिक्षकद्वारा कक्षा सञ्चालन गरिने पनि उनले बताए ।