धरानमा फेरि लागूऔषधसहित एक पक्राउ
धरान/चेकजाँचको क्रममा तिनकुने नाकाबाट लागूऔषधसहित एकजनालाई साेमबार धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–७ मा डेरा गरी बस्ने ३० वर्षीय फुलदेव दास रहेका छन् ।
उनलाई चेकजाँचको क्रममा को १७ प २४३८ नम्बरको मोटरसाइकलमा आउदै गर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, डाइजोलोपम ५५ एम्पुल, र एबिल ३७ एम्पुल बरामद् गरेको हो । उनको स्थायी घर सुनसरी भुटाहा–८ रहेको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई लागुऔषध कारोबार ऐन अन्तर्गत कारबाही हुने बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























