धरान/एएफसी एसिया छनौट अन्तर्गतको नेपाल र फिलिपिन्सबीचको खेलमा ३–१ ले फिलिपिन्स अगाडी रहेको छ । फिलिपिन्सको मनिला रंगशालामा जारी खेलको पहिलो हाफसम्म आइपुग्दा नेपाल ३–१ गोलले पछि परेको स्थिति हो । पहिलो हाफको इन्जुरी समयमा विशाल राईले गोल गर्दै नेपाल दर्शकहरुलाई राहत महसुस गराएका छन् । खेलमा थप गोल हुन सक्ने सम्भावनालाई गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचावट गर्दै फराकिलो अन्तरलाई केही कम गरेका छन् । उनले कप्तान फिल यङहजब्यान्डको पेनाल्टी प्रहारलाई रोकेका थिए । खेलमा डिफेन्डर विक्रम लामाले रातो कार्ड खादै मैदान बाहिर पुगेका छन् । पुनः २१ मिनेटमा पाएको पेनाल्टीमा कप्तान फिल चुकेनन् । लगत्तै २ मिनेटपछि गोल गर्दै कप्तान फिलले व्यक्तिगत दुई गोल गरेका छन् । तेस्रो गोल इयान राम्सेले २८ मिनेटमा गरे ।