भद्रपुर/ शिक्षा कार्यालयले निकासा गरेअनुसारको तलब तथा सेवा–सुविधाहरु विद्यालय व्यवस्थापन समिति र प्रअले नदिएको भन्दै झापाका सामुदायिक विद्यालयमा कार्यरत् शिक्षकहरुले मङ्गलबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कक्षा ११ र १२ मा अध्यापन गराउने दरबन्दीमा रहेका अनुदानका शिक्षकलाई सम्बन्धित विद्यालयले नियुक्त पत्र नदिनुका साथै सेवा–सुविधा समेत कटौती गरेको भन्दै शिक्षक समूहले जिशिकामा ज्ञापनपत्र बुझाएको हो । नेपाल सामुदायिक उच्च मावि शिक्षक युनियन र उच्च माध्यमिक शिक्षक एशोसिएशन नेपाल (हिस्टान) ले ६ बुँदे मागसहितको ज्ञापनपत्र जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराललाई बुझाएका हुन् । शिक्षा कार्यालयबाट निकासा भएको रकम सम्बन्धित शिक्षकले प्राप्त गर्ने व्यवस्था मिलाउनु पर्ने, पूर्णकालीन शिक्षक नियुक्त गरी पूर्ण विषय उपलब्ध गराउनु पर्ने, सामाजिक सुरक्षा कर र पारिश्रमिक कर स्थानीय लेखा नम्बरमा अभिलेख राख्नु पर्ने, निजी स्रोतमा कार्यरत् शिक्षकलाई राज्यको तर्पmबाट पूर्णकालीन व्यवस्था मिलाउन पहल गरिनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीलाई राष्ट्रिय खेलकुदमा सामेल गराउनुका साथै कार्यरत् शिक्षकलाई तालीममा सहभागी गराउनु पर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । पीडित बनेका शिक्षकहरुले शिक्षा कार्यालयसमक्ष आप्mनो माग राखिसकेको र माग पूरा नभएको खण्डमा अख्तियारदेखि शिक्षा विभा सम्म जाने नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनका अध्यक्ष भीम पोखरेलले बताए । सम्बन्धित विद्यालय व्यवस्थापन र प्रअको बेवस्ताका कारण उच्च माविका शिक्षकहरु पीडित बन्नु परेको उनकोे भनाइ छ । ज्ञापनपत्रमा ४६ जनाले हस्ताक्षर गरेको उनले बताए । ज्ञापनपत्र बुभ्mदै विद्यालयमा कार्यरत् शिक्षकहरुको माग सम्बोधनका लागि पहल गरिने जिल्ला शिक्षा अधिकारी बरालले बताए । नियुक्तिपत्र नलिएका र शिक्षा कार्यालयबाट पाउने सेवा–सुविधा नपाएको गुनासाहरुको विषयमा माध्यमिक विद्यालयसँग जानकारी लिने उनको भनाइ छ । पीडित बनेका शिक्षक कक्षा ११ र १२ सञ्चालन हुने झापाका ६० वटा माध्यमिक विद्यालयका १ सय २० जना शिक्षक अनुदानस्वरुप दरबन्दीमा छन् । जसमा १५ देखि २० जना शिक्षकले मात्र ३५ हजार २ सय २० रुपैयाँ तलब बुझेको पाइएको छ । अन्य शिक्षकहरुले भौचरमा सही नै नगरी तोकिएको भन्दा कम तलब बुभ्mने र नियुक्तिपत्र समेत नपाएको शिक्षकहरुले गुनासो पोखेका छन् ।