एजेन्सी/ तपाइँको टमाटरभित्रबाट यस्तो केही चिज निस्कियो र त्यसलाई हेर्न मानिसको लाइन लाग्यो भने तपाइँ यसलाई विश्वास गर्नुहुन्छरु तर चीनमा यस्तै भएको छ। चिनमा एक युवकले सुपरमार्केटबाट टमाटर किनेर ल्याए।
उनले घरमा ल्याएर टमाटर खान थाले। टमाटरको बाहिरको भाग खाइसकेपछि उनले देखे टमाटरभित्र केही छ। त्यो देखेर उनी दंग परे। त्यो टमाटर देख्नेहरुले ‘चमत्कारी टमाटर’ भनेका छन्। ती युवकले टमाटर खाँदै गर्दा भित्र अर्कै चिज भएको देखेपछि राम्रोसँग हेरे। त्यहाँ टमाटरभित्र अर्को फल ‘स्ट्रबेरी’ थियो।