[caption id="attachment_37774" align="alignleft" width="494"] म्यान अफ दी म्याच घोषित विराटनगरका अकिव अन्सारी, पुरस्कार प्रदान गर्दै बेलबारी क्रिकेट क्लवका अध्यक्ष विपीन आचार्य र वेतना सिमसार सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेत ।[/caption] बेलबारी/ पूर्वाञ्चलस्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता बुधबारदेखि मोरङको बेलबारीमा शुरु भएको छ ।नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी र जिल्ला खेलकुद विकास समिति मोरङका कोषाध्यक्ष सुजय गौतमले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । बेलबारीमा पहिलोपटक शुरु भएको प्रतियोगितामा पूर्वका १६ वटा टीमको सहभागिता छ ।उद्घाटन खेलमा बिबिसी दमक र विराटनगर इन्भिन्सियलबीच खेल भएको छ । दमकले टस जितेर फिल्डिङ रोजेको थियो । विराटनगरले निर्धारित २० ओभरमा १ सय ४६ रन जोड्यो । ७ विकेट क्षतिमा उता दमकले ६९ रनमा अल आउट भएको थियो । खेल विराटनगरले ७७ रनले जितेको थियो । प्रतियोगितामा म्यान अफ दी म्याच विराटनगरका अकिव अली अन्सारी भएका थिए । उनले ३३ वलमा ४३ रन जोडेका थिए ।